बुधबार, भाद्र २४ गते २०८३
images

काँग्रेसद्वारा वैदेशिक रोजगार विभागमा १० सदस्य मनोनयन

एक्सप्रेस पाना
बैशाख २१, २०८१ शुक्रबार
  • 248
    SHARES
  • काँग्रेसद्वारा वैदेशिक रोजगार विभागमा १० सदस्य मनोनयन

    काठमाडौं । नेपाली काँग्रेसले वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा सदस्यहरू मनोनयन गरेको छ।

    images

    शुक्रबार सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेका हुन् । 

    विभागमा केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही रहेका छन्।  समितिमा सभापति देउवाले १० सदस्यीय मनोनयन गरेका हुन्।

    images

    समितिमा चित्रबहादुर के=सी –रुपन्देही) हाल संयुक्त अरब इमिरेट्स, नवीन शेरचन –मुस्ताङ) हाल अमेरिका, राजेन्द्र अधिकारी –लमजुङ), जयश बोहरा –मोरङ), देवकुमार खोखाली –सिन्धुपाल्चोक), दीपक थापा (स्याङ्जा), महेश बस्नेत (उदयपुर), सुजित श्रेष्ठ (झापा), हिरादेवी बुढाथोकी (काठमाडौँ), सञ्जय पनेरु (गोरखा) छन् ।

    Press Realese (1).jpg

  • सम्बन्धित विषय:

  • # शेरबहादुर देउवा