मंगलबार, कार्तिक १८ गते २०८३
images
images

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै

एक्सप्रेस पाना
बैशाख २३, २०८१ आइतबार
  • 328
    SHARES
  • गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिदैछन् । 

    images

    गण्डकी प्रदेशको आज बस्ने बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

    चैत २५ गते मुख्यमन्त्री पदमा नियुक्त भएका अधिकारीले सरकार दाबि गर्दा सभामुखको मत गणना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएकोमा सर्वोच्चले प्रदेश सभाबाट विश्वासको मत लिएर नै सरकारको बहुमत तय हुने भन्दै रिट खारेज गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत लिने बाटो खुलेको थियो ।

    images

    ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसको २७, एमालेको २२, माओवादी केन्द्रको डा। बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीसहित ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट रहेको छ ।

    संबिधानमा सभामुखले बराबर मत भएको अवस्थामा मात्र मत दिन सक्ने अवस्था रहेको छ । त्यस्तै प्रदेशमा कांग्रेस र राप्रपा भने विपक्षमा रहेका छन् ।