काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ १४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ २१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ।
त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ०३ पैसा निर्धारण भएको छ।
.jpg)


