काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा स्थापना हुने विश्वविद्यालयले प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।
आइतबार वाग्मती विश्वविद्यालयको कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्य सेवा, कृषि, पर्यटन र खेलकुद क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको बताए । उनले अब सरकार शिक्षामा नयाँ नीति र मोडल निर्माण गरेर अघि बढ्ने बताए ।
उनले भने, "संविधानमा उच्च शिक्षा प्रदेशको एकल अधिकार सूचीमा रहेको छ ।“सोहीअनुसार प्रदेशले उच्च शिक्षा ऐन जारी गरी कार्यान्वयन गर्नअघि बढेको हो,” “उच्च शिक्षा ऐनले व्यवस्था गरेअनुसार प्रदेश उच्च शिक्षा परिषद् गठन गरिएको र सो परिषद्मार्फत प्रदेशको सार्वजनिक विश्वविद्यालय स्थापनाको काम भइरहेको छ ।” “प्रवेश परीक्षा प्रणाली घातक छ । निश्चित संख्या र प्रवेश परीक्षाको नाममा नेपालमा पढ्न नदिने बाहिर पठाउने काम भइरहेको छ । यस प्रणालीको विरुद्धमा प्रदेश सरकारले कानुन बनाएर अघि बढ्छ,”।
.jpg)


