मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी विधेयक प्रमाणीकरण

एक्सप्रेस पाना
बैशाख २३, २०८१ आइतबार
  • 237
    SHARES
  • राष्ट्रपति पौडेलद्वारा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी विधेयक प्रमाणीकरण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक आइतबार प्रमाणीकरण गरेका छन् ।

    images

    संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भई उक्त विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष पेस गरिएको थियो ।

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।

    images

    af-1714904717.jpg