काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली समाजमा आशा जगाउन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । महामन्त्री शर्माले नेपाल कहिल्यै पराधीन नभए पनि सुगौली सन्धिपछि धेरै भूभाग गुमाउनु परेको बताउदै ती भूभागलाई फिर्ता ल्याउने गरी आफूलाई बलियो बनाएर अघि बढ्न नेपालका राजनीतिक दलहरू सबै मिल्नुपर्ने बताए ।
उनले नेपाल इतिहासको सबैभन्दा सुन्दरघडीमा रहेको र नेताहरू जनताको खरो प्रश्नभन्दा टाढा भाग्न नसक्ने अवस्था रहेकाले अब जनतामा आशा जगाउनका लागि साझा मनोविज्ञान बनाएर अघि बढनुपर्ने बताए ।
उनले भने, "नेपाल अहिले इतिहासको सबैभन्दा सुन्दर घडीमा छ । कुन दल सरकारमा छ, कुन दल ठूलो छ, सरकारको नेतृत्व कसले गरिरहेको छ ? ती विषय तत्कालीन विषय हुन् । तर नेपाल देश लामो संशस्त्र संघर्षबाट शान्तिमा अवतरण भएको छ । संविधानविद्बाट संविधान बनेको छ । एकात्मक राज्य प्रणालीबाट संघीय राज्यमा परिणत भएको छ । नागरिक पंक्तिमा अत्यन्तै चेतना छ । नेताहरू जनताको खरो प्रश्नभन्दा टाढा भाग्न नसक्ने अवस्था रहेकाले अब जनतामा आशा जगाउनका लागि साझा मनोविज्ञान बनाएर अघि बढनुपर्छ,।"
.jpg)


