मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रपति पौडेल र नेपाल भ्रमणमा आएकी जापानकी परराष्ट्रमन्त्री योको कामिकावा बिच शिष्टाचार भेटर्वाता

एक्सप्रेस पाना
बैशाख २३, २०८१ आइतबार
  • 298
    SHARES
  • राष्ट्रपति पौडेल र नेपाल भ्रमणमा आएकी जापानकी परराष्ट्रमन्त्री योको कामिकावा बिच शिष्टाचार भेटर्वाता

    काठमाडौं । नेपाल भ्रमणमा आएकी जापानकी परराष्ट्रमन्त्री योको कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेकी छन् ।

    images

    आइतबार शीतलनिवासमा भएको  शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गरे ।  

    राष्ट्रपति पौडेलले एशियाका ज्योति गौतम बुद्धको सन्देश प्रवाहित भएदेखि नै नेपाल जापानबीच सांस्कृतिक सम्बन्ध रहीआएको उल्लेख गर्दै दुई देशबीच समस्यारहित सम्बन्ध रहेको र नेपालले सधै जापानको उच्च सद्भाव महसुस गरेको पनि बताए । 

    images

    भेटमा जापानी विदेशमन्त्री योकोले जलवायु परिवर्तनको असरबारे जापान पनि चिन्तित रहेको उल्लेख गर्दै नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको बताइन् । 

    उनले  सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पुर्‍याउने लक्ष्य राखेको बताउँदै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वैकल्पिक उर्जाको प्रयोगका निम्ति प्रविधिमा ठूलो क्रान्ति गर्न सबै मिलेर अगाडि बढाउने बताइन् । 

    नेपालको विकास र स्थिरता यो क्षेत्रकै लागि आवश्यक महसुस गरेर जापानले नेपालको विकासमा हरतरहको सहयोग गर्ने उनले जानकारी दिइन् ।