काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
आज युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ३० पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ।

.jpg)


