मंगलबार, कार्तिक १८ गते २०८३
images
images

गण्डकीका दुई मन्त्रिले लिए पद तथा गोपनीयताको शपथ

एक्सप्रेस पाना
बैशाख २४, २०८१ सोमबार
  • 229
    SHARES
  • गण्डकीका दुई मन्त्रिले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार मन्त्रिपरिषद विस्तार गरेका छन्।

    images

    उनले एमालेका सीता सुन्दास र वेदबहादुर गुरुङलाई मन्त्री नियुक्त गरेका हुन ।

    सोमबार प्रदेश प्रमुख डिल्लीराम भट्टले मुख्यमन्त्री अधिकारीको उपस्थितिमा सीता सुन्दास र वेदबहादुर गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    images

    मुख्यमन्त्री अधिकारीको अघिल्लो कार्यकालमा पनि उनीहरु दुवैजना मन्त्री थिए।

    स्याङ्जाकी सीता सुन्दासलाई यसपालि सामाजिक विकास तथा स्वास्थ्यमन्त्री र कास्कीका वेदबहादुरलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा दिइएको हो। 

    यस अघी सुन्दासले अर्थमन्त्रालय र गुरुङले कृषि तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका थिए।

    गण्डकीमा सोमबारको मन्त्रिपरिषद् विस्तारपछि मन्त्रिपरिषद् ५ सदस्यीय बनेको छ।