मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सभामुख घिमिरेले बोलाए प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूको बैठक

एक्सप्रेस पाना
बैशाख २५, २०८१ मंगलबार
  • 224
    SHARES
  • सभामुख घिमिरेले बोलाए प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूको बैठक

    काठमाडौं । सभामुख देवराज घिमिरेले मङ्गलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग बैठक बस्दै छन् । 

    images

    आज बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्न लागेको सभामुखको सचिवालयले जनाएको छ । 

    आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई  छलफलका लागि बोलाएका छन्।

    images

    सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आहवान गरेका थिए । तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन । सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग अलग छलफल भएको थियो ।

    संसदको बर्खे अधिवेशन आगामी २८ गतेदेखि सुरु हुँदैछ ।