काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ।
आज युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ।
त्यसैगरी आज अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ ६० पैसा र बिक्रीदर ४३५ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ।

.jpg)


