काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बस्दैछ ।
पार्टी अध्यक्ष तथा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव स्वदेश फर्किएलगतै दलको बैठक बस्न लागेको हो । बैठक सोमबार बस्न नसकेपछी आज बस्न लागेको बताइएको छ ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिएर अध्यक्ष यादव स्वदेश फर्किसकेका हुन।
पार्टी विभाजनसहित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न केन्द्रीय कार्यालय बालकुमारीमा जसपा नेपालको संसदीय दलको बैठक बस्न लागेको हो ।
सोमबार अशोक राईको नेतृत्वमा दर्ता भएको नयाँ दलले प्रमाणपत्र पाएको छ । निर्वाचन आयोगले जसपा नेपालबाट विभाजत भई बनेको जनता समाजवादी पार्टीलाई दर्ताको प्रमाणपत्र दिएको हो ।
उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालका १२ प्रतिनिधिसभा सदस्यमध्ये सात सांसदले नयाँ दल दर्ताका लागि हस्ताक्षर गरेका थिए । निवेदन दिइएको २४ घण्टा नबित्दै आयोगले दल दर्ता गर्दै प्रमाणपत्र दिएको हो ।
.jpg)


