मंगलबार, कार्तिक १८ गते २०८३
images
images

रास्वपाले भन्यो सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सहमत छैनौं

एक्सप्रेस पाना
बैशाख २५, २०८१ मंगलबार
  • 256
    SHARES
  • रास्वपाले भन्यो सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सहमत छैनौं

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको छ ।

    images

    मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले आफ्ना सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने विषय अस्वीकार गर्ने निर्णय गरेको हो । 

    बैठकले २८ गतेदेखि बस्ने सदनको बजेट अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत छलफल गरेको बताइएको छ ।

    images

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ ।