काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ ।
आज २.०६ अंकले बढेर १९६०.८१ अंकमा पुगेर रोकिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज कारोबारमा आएकामध्ये १ सय २० वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय १४ वटाको घटेको छ भने बाँकी ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
नेप्से परिसूचक सामान्य अंकले बढेपनि मंगलबार कारोबार रकम घटेको छ । आज दुई अर्ब १४ करोड पाँच लाख दुई हजार ६२१ रूपैयाँको सेयर कारोबार भएको छ।
.jpg)


