काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद बैठकमा बोल्न पाउनुपर्ने माग गर्दै सभामुख देवराज घिमिरेलाई पत्र लेखेका छन् ।
आफूमाथि उठेका प्रश्नका जवाफ दिनका लागि संसदमा बोल्न अनुमति दिन गृहमन्त्रीले सोमबार सभामुख घिमिरेलाई पत्र लेखेका हुन् ।
पत्रमा लामिछानेले लेखेका छन्, "यही २८ गतेबाट चालु हुने अधिवेशनको प्रारम्भिक दिनहरूमा संसदमा उपस्थित भई गत अधिवेशनमा उठेका प्रश्नहरूको जवाफ दिने व्यवस्था मिलाइदिनुहुन मेरो व्यक्तिगत विषयमा उठेका प्रश्नहरूको सम्बन्धमा उजुरी र जाहेरी, अनुसन्धान तथा अभियोजन समेत नभएको भनि महान्यायाधिवक्ता कार्यालयबाट मलाइ जानकारी गराइएको पत्र यसैसाथ संलन्ग गरी सम्माननीयज्यू समक्ष निवेदन गर्दछु," ।

.jpg)


