मंगलबार, कार्तिक १८ गते २०८३
images
images

एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ लिदैं

एक्सप्रेस पाना
बैशाख २६, २०८१ बुधबार
  • 239
    SHARES
  • एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ लिदैं

    काठमाडौं । वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ लिने भएका छन् ।

    images

    नेम्वाङको सांसद पदको शपथ ग्रहण कार्यक्रम ११ बजे सिंहदरबारस्थित कृषि समितिको हलमा हुने तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

    उनी इलाम क्षेत्र नम्बर २ मा २७ हजार ७७२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याएका थिए ।

    images

    खड्काभन्दा नेम्वाङ ५ हजार ७ सय ८० मतान्तरसहित विजयी थिए ।