काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मुल्य स्थिर रहेको छ ।
मंगलबार प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघेले जनाएको छ ।
तेजाबी सुनको भाउ पनि स्थिर नै रहेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको भाउमा पनि आज कुनै परिवर्तन भएको छैन । यस दिन तोलाको १५ रुपैयाँले बढेर १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको हो ।
.jpg)


