काठमाडौं । नेपाली बजारमा बिहिबार सुन मुल्य घटेको छ।
बुधबार प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।
आज तेजावी सुनको मुल्य ८ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मुल्य १० रुपैयाँ प्रतितोलाका दरले बढेर तोलामा १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
.jpg)


