मंगलबार, कार्तिक १८ गते २०८३
images
images

गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

एक्सप्रेस पाना
बैशाख २७, २०८१ बिहीबार
  • 232
    SHARES
  • गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

    काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको छ ।

    images

    प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्चमा  रिट दर्ता गराएका थिए ।  

    गएको आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनि गरेको घोषणाविरुद्ध रिट दायर गरेका हुन् । 

    images

    संविधानको धारा १८८ (३) अनुसार सरकार टिकाउनको लागि ३१ सांसदको विश्वासको मत चाहिन्छ । तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।