काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी ल्याउने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा अर्थमन्त्री सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउन प्रशासनिक, आर्थिक नीति नियम र व्यवसायीक वातावरण बनाउने गरी फरक–फरक छलफल गरेर असहज भएको ठाउँमा सहज बनाउने काम भइरहेको बताएका हुन् ।
अर्थमन्त्री पुनले लगानी सम्मेलनअघि कानुनी अफ्ठ्यारो हटाउन ८ वटा कानुन संशोधन गरेको स्मरण गर्दै त्यसबाट केही सहज वातावरण बनेको धारणा राखे ।
मन्त्री पुनले भने, "निजी क्षेत्रको मनाबल उच्च बनाउने सबैतिरबाट पहल गर्छ । मनोबल कमजोर बनाउने पक्षहरू प्रशासनिक, आर्थिक नीति नियम र व्यवसायीक वातावरणका विषयमा फरक–फरक छलफल गरेर असहज भएको ठाउँमा सहज बनाउने काम गर्छौं । लगानी सम्मेलनअघि कानुनी अफ्ठ्यारो हटाउन ८ वटा कानुन संशोधन गर्यौं । त्यस केही सहज वातावरण बन्यो भनिएको छ,ु । ुसरकारले निर्णय गर्ने अधिकार भएपनि निजी क्षेत्रलाई सहभागिता गराएर गराउने गरेका छौं । निजी क्षेत्रको सहभागिता बिना कानुनहरु बनाएका छैनौं । निजी क्षेत्रलाई अझ प्रोत्साहन गर्छौं । औद्योगिक क्षेत्रका अन्य विषयलाई सरकारले बजेटमार्फत सहजिकरण गर्छौं ।"
अर्थमन्त्री पुनले लगानी र व्यवसायीमैत्री वातावरण बनाउने सोच सरकारको हुनुपर्ने बताउदै उनले वित्त नीति र मौद्रिक नीतिमा एकरुपता ल्याउन सरकार प्रतिबद्ध भएको जानकारी दिए ।
जति खर्च बढाउँदा पनि सरकारको योगदान पुँजीगत खर्चमा २५ प्रतिशत मात्रै रहने गरेको र बाँकी पुँजीगत खर्च निजी क्षेत्रकै हुने गरेको पनि मन्त्री पुनको भनाइ थियो । यस्तो अवस्थाले पनि निजी क्षेत्रलाई राम्रो ठाउँ रहेको पुष्टि गर्ने उनको भनाइ थियो ।
.jpg)


