काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा संसदीय छानबिन समिति नबनेसम्म संसद्को कुनै पनि कामकारबाही अघि बढ्न नदिने बताएको छ ।
संसद्को बजेट अधिवेशन सञ्चालन भएको पहिलो दिन शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै पार्टी महामन्त्री समेत रहेका सांसद गगनकुमार थापाले संसदीय छानबिन समिति नबनिकन अब सदनको कुनै पनि कामकारबाही अघि नबढ्ने चेतावनी दिए । उनले यसको जिम्मेवार कांग्रेस नहुने जिकिर गरे ।
उनले भने, महामन्त्री थापाले संसदीय छानबिन समिति बनाउ भनेर विगतमा कांग्रेस लचक बन्दा समेत सरकार अटेर गरेर बसेको भन्दै सदन चल्न नदिने घोषणा गरेका हुन् । सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनका कुनै पनि काम कारबाहीमा कांग्रेसको साथ रहँदैन । यसको जिम्मेवार कांग्रेस होइन, सत्तापक्ष हो’, सरकार आफैँ निहुँ खोज्न आएको हो । वातावरण बिर्गान आएको हो,”।
.jpg)


