आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रभु बैंकले करिब ५ लाख कित्ता संस्थापक सेयर लिलाम बिक्री गर्दै

एक्सप्रेस पाना
आश्विन १४, २०७८ बिहीबार
  • 533
    SHARES
  • प्रभु बैंकले करिब ५ लाख कित्ता संस्थापक सेयर लिलाम बिक्री गर्दै

    असोज १४ काठमाडौं । प्रभु बैंकले करिब ५ लाख कित्ता संस्थापक सेयर लिलाम बिक्री गर्ने भएको छ । बैंकले  ४ लाख ९७ हजार ८११ कित्ता संस्थापक सेयर बढाबढ प्रक्रियाबाट लिलाम बिक्री गर्ने भएको हो । 

    images

    संस्थापक सेयरको प्रतिकित्ता मूल्य २०५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा भाग लिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिने पर्नेछ भने अधिकतम सेयर संख्याको लागि कुनै हद तोकिएको छैन ।

    सो सेयर खरिदका लागि बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिद गर्न योग्य व्यक्ति, कम्पनी, संघसंस्थाले आवेदन दिन सक्नेछन् ।

    images

    सो सेयर खरिद गर्न १७ देखि २५ असाेजसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले प्रभु क्यापिटलमा पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।यसमा २५ असाेजसम्म आवेदन दिन सकिन्छ ।