काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेरको छ ।
आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँ बढेर एक लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला एक हजार ७२५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।
.jpg)


