मंगलबार, कार्तिक १८ गते २०८३
images
images

छानबिन समिति बनाउने बिषय प्रधानमन्त्रीले सकारात्मक ढंगले लिनुभएको छ :कांग्रेस

एक्सप्रेस पाना
बैशाख ३०, २०८१ आइतबार
  • 264
    SHARES
  • छानबिन समिति बनाउने बिषय प्रधानमन्त्रीले सकारात्मक ढंगले लिनुभएको छ :कांग्रेस

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक भएको बताएको छ । 

    images

    आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने विषयमा प्रधानमन्त्री दाहाल सकारात्मक भएको  कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका हुन् । 


    प्रमुख सचेतक लेखकले भने, "हामीले सहकारी सन्दर्भमा जे कुरा उठाउँदै आएका छौँ, संसदीय छानबिन समिति गठन गर्ने कुराका बारेमा हामीले आफ्ना कुरा राखेका छौँ । प्रधानमन्त्रीसँग यो बारेमा कुराकानी भयो । हामीले आफ्ना कुरा राखेका छौँ । प्रधानमन्त्रीले सकारात्मक ढंगले लिनुभएको छ । सकारात्मक कुरा नै छ । हामीले हाम्रो कुरालाई यथावत् राखेका छौँ । प्रधानमन्त्रीले सकारात्मक कुरा गर्नुभएको छ । भोलि हाम्रो संसदीय कार्यसमितिको बैठक १ बजे र संसदीय दलको बैठक २ बजे छ, त्यहाँबाट निर्णय गर्नेछौँ ।"

    images

    प्रमुख सचेतक लेखकले कांग्रेसले सोमबार बस्ने संसदीय दलको बैठकबाट थप निर्णय गर्ने पनि बताए ।