मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक बस्दै

एक्सप्रेस पाना
बैशाख ३१, २०८१ सोमबार
  • 211
    SHARES
  • कांग्रेसको  संसदीय कार्यसमिति र संसदीय दलको  बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ । 

    images

    सोमबार कांग्रेसले संसदीय कार्यसमितिको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा अपराहन्न १ बजे र  संसदीय दलको बैठक अपराहन्न २ बजे बस्ने बताइएको छ । 

    बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ । 

    images

    कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउदै संसदीय छानबिन समितीको माग गरेर संसद अवरुद्ध गरिरहेको छ । 

    कांग्रेसले आइतबार बिहान प्रधानमन्त्रीसँग छलफल गरेको र छलफल सकारात्मक भएको बताएको छ ।