मंगलबार, कार्तिक १८ गते २०८३
images
images

अध्यक्ष यादवले गरे पार्टी विभाजनविरुद्ध सर्वोच्चमा रिट दायर

एक्सप्रेस पाना
बैशाख ३१, २०८१ सोमबार
  • 223
    SHARES
  • अध्यक्ष यादवले गरे पार्टी विभाजनविरुद्ध सर्वोच्चमा रिट दायर

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालले पार्टी विभाजनविरुद्ध सर्वोच्चमा रिट दायर गरेको छ ।

    images

    सोमबार गैरकानूनी रूपमा विभाजन गरी दल दर्ता गरेको भन्दै अध्यक्ष उपेन्द्र यादव सर्वोच्च अदालत पुगेका हुन् ।

    निर्वाचन आयोगले गरेको दल दर्ता गर्ने निर्णय बदर गर्नुपर्ने मागसहित जसपा नेपालका अध्यक्ष यादव आफैं निवेदक भएर सर्वोच्चमा रिट दर्ता गराइएको हो ।

    images

    रिट सुनुवाइका लागि जेठ २ गते पेशी तोकिएको छ । आयोगले दल दर्तासम्बन्धी गरेको निर्णय गैरकानूनी रहेको निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दिइएको हो ।

    निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई प्रमाणपत्र प्रदान गरेको छ । गत आइतबार राईको नेतृत्वमा जसपा नेपाल विभाजित भएको थियो ।