मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

एक्सप्रेस पाना
बैशाख ३१, २०८१ सोमबार
  • 243
    SHARES
  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

    काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।

    images

    सोमबार बसेको कोशी प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएका हुन् । कार्कीले ५७ मत पाएका हुन् । कार्कीको विपक्षमा शून्य मत परेको छ भने ५ मत तटस्थमा परेको छ ।

    आजको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले भने बहिष्कार गरेको थियो । ९३ सदस्यीय प्रदेश सभामा आज ६२ सांसद उपस्थित थिए ।

    images

    उनलाई एमालेका ३९, माओवादीका १३ र नेकपा एसका ४ सांसदले विश्वासको मत दिएका हुन् ।

    कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

    कार्कीले बुधबार नै शपथ ग्रहण र पदभार ग्रहण गरिसकेका छन् । उनले आफ्नो क्याबिनेटमा एमालेबाट रामबहादुर राना र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरिसकेका छन् ।

    ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । कोशीमा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाका १ जना सांसद छन् ।