काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ ।
आज आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा तोलामा ७ सय रूपैयाँले घटेर १ लाख ३७ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ७ सय ५० रूपैयाँ कायम भएको छ ।
यता मंगलबार चाँदीको मूल्य भने तोलामा २५ रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
.jpg)


