सोमबार, कार्तिक १७ गते २०८३
images
images

तीनकुने जग्गाको विषयमा देखिएको विवाद समाधान गर्न गृहमन्त्री लामिछानेको ध्यानकर्षण

एक्सप्रेस पाना
जेठ २, २०८१ बुधबार
  • 237
    SHARES
  • तीनकुने जग्गाको विषयमा देखिएको विवाद समाधान गर्न गृहमन्त्री लामिछानेको ध्यानकर्षण

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग तीनकुने जग्गाको विषयमा देखिएको विवाद समाधान गर्न सरोकारवाला प्रतिनिधिले ध्यानाकर्षण गराएका छन् ।

    images

    मंगलबार मन्त्रालयमा काठमाडौँ क्षेत्र १ का सांसद सोविता गौतम, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलगायतको उपस्थितिमा उक्त जग्गाको मुआब्जा पीडितले गृहमन्त्रीसमक्ष समस्या सुनुवाइका लागि आग्रह गरेका हुन् ।

    छलफलमा गृहमन्त्री लामिछानेले एक हप्ताभित्रै त्यहाँको अवस्थाबारे जानकारी लिएर सरोकारवालाको बैठक बोलाउने प्रतिबद्धता जनाउदैँ समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिए । 

    images

    पञ्चायत स्मारक पार्क बनाउन २०३१ सालमा तत्कालीन सरकारले ५२ रोपनी जग्गा अधिग्रहण गरेको थियो तर अहिलेसम्म सो मुआब्जा विवादको समस्या समाधान हुनसकेको छैन । 

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री लामिछाने