काठमाडौं । संसद् अवरोधका विषयमा सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहालबिच छलफल हुने भएको छ ।
सभामुख घिमिरेले बुधबार बिहान प्रधानमन्त्रीसँग छलफल गर्न लागेका हुन् । सभामुखको सचिवालयले भनेको छ, “प्रतिपक्षीको अवरोधका कारण संसदबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयमा सभामुखले गम्भीर रूपमा लिनुभएको छ,” ।
सभामुख घिमिरेले धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न मंगलबार कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरूसँगको बैठकमा ध्यानाकर्षष गराएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको थियो । कांग्रेसले बैठक चल्न नदिएपछि राष्ट्रपतिलाई दिने धन्यवाद प्रस्ताव समेत पारित हुन सकेको थिएन ।
.jpg)


