सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रमुख प्रतिपक्षी दल संग तत्काल सहमति गरी सदनको अवरोध हटाउन प्रधानमन्त्रीलाई आग्रह

एक्सप्रेस पाना
जेठ २, २०८१ बुधबार
  • 231
    SHARES
  • प्रमुख प्रतिपक्षी दल संग तत्काल सहमति गरी सदनको अवरोध हटाउन प्रधानमन्त्रीलाई आग्रह

    काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग तत्काल सहमति कायम गरेर सदनको अवरोध हटाउन आग्रह गरेका छन् । 

    images

    बुधबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटमा सभामुख घिमिरेले प्रधानमन्त्री दाहाललाई कांग्रेससँग तत्काल सहमति कायम गर्न आग्रह गरेका हुन् । 

    संसद् अवरोधकै विषयमा केन्द्रित भएको भेटमा सभामुख घिमिरेले संसद्‌बाट विधेयकहरू पारित हुन नसकिरहेका बेला भइरहेको निरन्तरको अवरोधले जनस्तरमा वितृष्णा फैलिएको बताए । 

    images

    भेटमा प्रधानमन्त्री प्रचण्डले बुधबार नै सत्तापक्षका नेताहरूको बैठक बस्ने तयारी भएको जानकारी दिँदै बिहीबार बस्ने संसद् बैठक खुलाउने गरी निर्णयमा पुग्ने बताए ।