सोमबार, कार्तिक १७ गते २०८३
images
images

अध्यक्ष ओलीले भने भोलिबाट संसद्‌मा बहस गर्न पाउनुपर्छ अरू कुरै छैन

एक्सप्रेस पाना
जेठ २, २०८१ बुधबार
  • 243
    SHARES
  • अध्यक्ष ओलीले भने भोलिबाट संसद्‌मा बहस गर्न पाउनुपर्छ अरू कुरै छैन

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ दल नेपाली कांग्रेसले कसैको इज्जत गर्न नजानेको र गालीगलोजमा उत्रिएको आरोप लगाएका छन् । 

    images

    बुधबार बसेको पार्टी संसदीय दलको बैठमा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसका महामन्त्रीलाई गर्दै सभामुखले दिएको समयमा नबोलेर घरबाटै ल्याएको समयमा बोल्ने भनि प्रश्नसमेत गरेका हुन । 

    सदनमा बोल्दा कांग्रेस महामन्त्री गगनकुमार थापाले सभामुख देवराज घिमिरेलाई निगाहको समय चाहिँदैन भनि गरेको टिप्पणीमा अध्यक्ष ओलीले  यस्तो कटाक्ष गरेका हुन् । 

    images

     उनले भने,“के भनेको त्यो ? तपाईंले दिएको निगाहको समय चाहिँदैन । अनि सभामुखले दिएको समयमा नबोलेर घरबाटै ल्याएको समयमा बोल्ने ? आफ्नो स्वेच्छातारिता हुन्छ संसद्‌मा ?,”  । 

    उनले कांग्रेसको अधिनायकवादी चरित्र प्रकट भएको भन्दै एमाले लत्रिनुपर्ने केही कारण नभएको भन्दै भोलिबाट संसद्‌मा बहस गर्न पाउनुपर्ने बताए । 

     उनले भने,“यो देश कांग्रेसको एकलौटी हो ? “अरुले सरकार बनाउन नपाउने ? उसले प्रधानमन्त्री बाँड्दै हिँड्दा हुने हामीले मन्त्री बाड्न नहुने ?” संसद्‌मा भोलिदेखि बहस गर्न पाउनुपर्छ ,अरू कुरै छैन ।”