सोमबार, कार्तिक १७ गते २०८३
images
images

गृहमन्त्री लामिछाने र नेपालका लागि स्वीडेनका राजदूत जन थेलेफबिच शिष्टाचार भेटवार्ता

एक्सप्रेस पाना
जेठ २, २०८१ बुधबार
  • 280
    SHARES
  • गृहमन्त्री लामिछाने र नेपालका लागि स्वीडेनका राजदूत जन थेलेफबिच शिष्टाचार भेटवार्ता

     

    images

    काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने र नेपालका लागि स्वीडेनका राजदूत जन थेलेफबिच शिष्टाचार भेटवार्ता भएको छ । 

    बुधबार भएको भेटमा उनीहरूबीच द्विपक्षी हित, ऊर्जा, विपद् व्यवस्थापन, भूमि व्यवस्थापन, नागरिक उड्डयन, सुरक्षा व्यवस्थापन, युवाको सीप विकास तथा स्वरोजगारलगायतका विषयमा आपसी सहकार्यका विषयमा छलफल भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । 

    images

    भेटमा  राजदूत थेलेफले नेपाल र स्वीडेनको ऐतिहासिक सम्बन्धका आधारमा आपसीहित, द्विपक्षीय सहयोग र नेपालको विकास प्राथमिकताका क्षेत्रमा सहकार्य गर्न स्वीडेन सधैँ तयार रहेको बताए । 

    उनले मन्त्री लामिछानेलाई बधाईसहित सफल कार्यकालको शुभकामनासमेत दिनुभएको  सचिवालयले जनाएको छ ।