सोमबार, कार्तिक १७ गते २०८३
images
images

गृहमन्त्री लामिछानेले भने कांग्रेसले लगाएको आरोपका विषयमा मैले संसदमा बोल्न पाउनुपर्छ

एक्सप्रेस पाना
जेठ २, २०८१ बुधबार
  • 272
    SHARES
  • गृहमन्त्री लामिछानेले भने कांग्रेसले लगाएको आरोपका विषयमा मैले संसदमा बोल्न पाउनुपर्छ

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि कांग्रेसले लगाएको आरोपका विषयमा संसदमा बोल्न पाउनुपर्ने बताएका छन् । 

    images

    बुधबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलपछि लामिछानेले संसदमा आफूले बोल्न पाउनुपर्छ भन्ने विषयमा छलफल भएको बताए। 

    उनले लोकतन्त्रमा बोल्न पाउने अधिकार सबैको भएको भन्दै संसदमा आफूमाथि लागेको आरोपको विषयमा सदनबाटै स्पष्ट पार्न पाउनुपर्ने धारणा राखे । आफ्नो जवाफ चित्त नबुझेमा कांग्रेसले विरोध गर्न पाउने अधिकारको सम्मान गर्ने उनले बताए । 

    images

    कांग्रेसले लगातार सदन अवरुद्ध गरेपछि प्रधानमन्त्री प्रचण्डले ओली र लामिछानेलाई सिंहदरबारमा छलफलका लागि बोलाएका थिए ।

    एमालेले बुधबार नै संसदीय दलको बैठकमार्फत कांग्रेसले एकतर्फी मात्रै कुरा राख्ने विषय स्वीकार्य नहुने प्रष्ट पारिसकेको छ ।