सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज प्रतिनिधिसभाको बैठक बस्दै

एक्सप्रेस पाना
जेठ ३, २०८१ बिहीबार
  • 237
    SHARES
  • आज प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौं । आज संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । 

    images

    बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ । 

    राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति टेबुल गरिने र राष्ट्रपतिलाई धन्यवाद दिने कार्यसूची छ भने आजकै बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक समितिको प्रतिवेदन २०८०’पेस गर्ने कार्यसूची छ ।

    images

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश गर्ने कार्यसूची छ । उनैले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

    आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी ९दोस्रो संसोधन० विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।