काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ ।
बुधबार प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मुल्य पनि १६ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मुल्य भने ६० रुपैयाँले बढेर प्रतितोला १ हजार १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


