काठमाडौं । नेपाली कांग्रेसको अवरोधका कारण सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।
मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने कार्यसूची रहेकामा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका संसदहरूको अवरोधका कारण बैठक ३० मिनेटका लागि स्थगित भएको हो ।
नाउपाबाट मन्त्री बनेकाहरू सत्तापक्षतर्फ थिए भने रेशमपक्षका सांसदहरू प्रतिपक्षमा छन् । तेस्रोपटकको प्रयासमा सोडारीले आज विश्वासको मत लिन लागेका हुन् । ६ वैशाखमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीलाई एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ पक्षका सांसद र स्वतन्त्र सांसद तारा जोशीको समर्थन रहेको छ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छन् ।
.jpg)


