सोमबार, कार्तिक १७ गते २०८३
images
images

ओलिलाई देउवाको प्रश्न आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ?

एक्सप्रेस पाना
जेठ ३, २०८१ बिहीबार
  • 210
    SHARES
  • ओलिलाई देउवाको प्रश्न आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति  ?

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिबन्धु टी स्टेटको जग्गा बिक्री कांग्रेसको पालामा नभएको बताएका छन् ।

    images

    बिहीवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले अदालतले फैसला गरेपछि गिरिबन्धु टी स्टेटको निर्णय कांग्रेसको पालामा भएको कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेको कुरा बाहिर आएको भन्दै उनले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ? भन्दै प्रश्न गरे ।

    images

    देउवाले भने,  ‘अहिले यो नेपालको राजनीतिमा ओलीजीले बोलेको भनेर बाहिर आएको छ । अदालतले फैसला गरेपछि गिरिबन्धु टी स्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर । आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ । कहिले, कसको पालोमा भयो, के भयो भनिदिए भइहाल्यो नि ।’ काँग्रेसको पालामा गिरिजाबाबु र म हो हाम्रो पालामा भएकै छैन । यस्तो कुरा उहाँले बोल्नुभयो, उहाँ जस्तो नेताले यस्तो बोल्नु हुँदैन थियो ।’