बुधबार, भाद्र २४ गते २०८३
images

गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिए समिति बनाउने

एक्सप्रेस पाना
जेठ ३, २०८१ बिहीबार
  • 311
    SHARES
  • गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिए समिति बनाउने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिए समिति बनाउने बताएका छन् ।

    images

     बिहिबार टेलिफोनमार्फत प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई यस्तो प्रस्ताव गरेका हुन् ।

    प्रधानमन्त्रीको प्रस्तावमा आफूहरु सकारात्मक रहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । यसबारे पार्टीका शीर्ष नेतासँग परामर्श भइरहेको र नयाँ रणनीतिका साथ आज संसद्‌मा जाने उनले बताए ।

    images

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको छ ।

    आज संसद् बैठक ४ बजे बस्दैछ ।

     

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री पुष्पकमल दाहाल