सोमबार, कार्तिक १७ गते २०८३
images
images

बिहिबार झिनो अंकले बढ्यो नेप्से

एक्सप्रेस पाना
जेठ ३, २०८१ बिहीबार
  • 248
    SHARES
  • बिहिबार झिनो अंकले बढ्यो नेप्से

    काठमाडौं । साताको अन्तिम दिन बिहिबार सेयर बजार झिनो अंकले बढेर बन्द भएको छ ।

    images

    आज सेयर बजार ०.७९ अंकले बढेर २०१८.७६ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    बिहीबार कारोबार रकम बढेको छ । आज चार अर्ब २३ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

    images

    आज १०३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १३९ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ ।