काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको अवरोधलाई जारी राख्ने भएको छ। सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै कांग्रेसले सदनमा अवरोध जारी राख्ने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले समग्र सहकारीबारे छानबिन गर्ने प्रस्ताव राखे पनि कांग्रेसले अस्वीकार गरेपछी सहमति जुट्न नसकेको बताइएको छ । कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठनको अडान राखेको छ।
संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध हुने भएको छ।
यस अघि आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सहमतिको प्रयास जारी रहेको भन्दै अपराहन्न ४ बजेका लागि सारिएको थियो। तर यो समाचार तयार गर्दासम्म बैठक सुरु गरिएको छैन ।
.jpg)


