असोज १४ काठमाडौं । साताको पाँचौँ दिन आज (सोमबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बुधबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँ कायम भएकोमा आज २ सय रुपैयाँले घटेर ८८ हजार ७०० रुपैयाँ कायम भएको हो । त्यस्तै तेजाबी सुन प्रतितोला ८८ हजार २५० रुपैयाँ कायम भएको छ ।
आज बिहीबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोलामा ३५ रुपैयाँले घटेर एक हजार १२० रुपैयाँ कायम भएको छ । हिजो बुधबार एक हजार १५५ रुपैयाँमा कारोवार भएको थियो ।
.jpg)

