सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

एक्सप्रेस पाना
जेठ ३, २०८१ बिहीबार
  • 227
    SHARES
  • कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

    काठमाडौं । बिहिबारको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

    images

    बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो । 

    सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसका सांसदहरूले ‘सहकारी पीडितलाई न्याय दे’, ‘संसदीय छानबिन समिति गठन गर’ लगायतका नारा लगाएका थिए । 

    images

    अवरोधकाबीच सभामुख देवराज घिमिरले राष्ट्रपति कार्यालयबाट आएका पत्र पढेर सुनाएका थिए । उनले गृहमन्त्री लामिछानेलाई बोल्न समय पनि दिएका थिए । 

    त्यसपछी दुवैतर्फको नाराबाजीका बीच एमाले अध्यक्ष केपी ओली पनि उभिएर प्रतिवादमा उत्रिएपछि एमाले र कांग्रेसका सांसदहरूबीच धकेलाधकेल भएको थियो ।