काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार क्षेत्रको सुधार र नयाँ प्रविधिलाई आम मानिसले उपभोग गर्न सक्ने रणनीतिअनुसार सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
शुक्रबार विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसरमा नेपाल दूरसञ्चार प्राधिकणले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् । उनले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)ले यस क्षेत्रको विकासमा योगदान दिँदै आएकोप्रति धन्यवाद व्यक्त गरिन् ।
उनले सरकारले दूरसञ्चार ऐन संशोधन गरिरहेको बताउर्दै दूरसञ्चार पूर्वाधार सहयोगबारे पनि सरकारले नीतिमा काम गरिरहेको जानकारी दिइन् ।
उनले भनिन्, दूरसञ्चार क्षेत्रको समयानुकूल विकासका लागि सरकार प्रतिबद्ध छ । “गत आर्थिक वर्षमा सात अर्ब ९० लाख राजस्व उठेकोमा यस आवको १० महिनामै सात अर्ब ४२ करोड राजस्व संकलन भएको छ,” । “यसले पनि सरकारले गरेको कामले सकारात्मक नतिजा ल्याएको पुष्टि हुन्छ ।”
.jpg)


