काठमाडौं । विपक्षी दलहरू संसदीय छानबिन समिति बनाउन एकमत भएका छन्।
शुक्रबार नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठकमा छानबिन समिति बनाउन शीर्ष नेताहरू सहमत भएका हुन्।
बैठकमा कांग्रेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी,जनता समाजवादी पार्टी नेपाल,लोकतान्त्रिक समाजवादी पार्टी,राष्ट्रिय जनमोर्चा सहभागी थिए।
कांग्रेसले सभामुखको भूमिका तटस्थ नभएको बताएदै आएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मुछिएको आरोप लगाउँदै संसदीय छानबिन समिति नबनेसम्म आफू पछि नहट्ने उसले अडान लिएको छ ।
.jpg)


