आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै

एक्सप्रेस पाना
जेठ ६, २०८१ आइतबार
  • 256
    SHARES
  • आज संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौं । आज संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्ने गरी बोलाईएको छ ।  

    images

    आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

    बैठकमा सभामुखले प्रतिनिभिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्नेछन् भने प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गर्ने कार्यक्रम छ ।

    images


    यसैगरी प्रधानमन्त्रीले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, आ.व. २०७९–८० पेश गर्नेछन् भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्योदेश, २०८१’ पेश गर्ने छन् ।

    आजको कार्यसूची उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने छन् ।  

    440999529_1545923376279185_1368537577376604852_n_jwo2I4ZmNR.jpg

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक