काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मुल्यले नयाँ रेकर्ड राखेको छ ।
शुक्रबार प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो।
त्यस्तै आज तेजावी सुनको मुल्य पनि १६ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदीको मुल्य ११० रुपैयाँ प्रतितोलाका दरले बढेर १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ
.jpg)


