सोमबार, कार्तिक १७ गते २०८३
images
images

गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने विपक्षी दलको निर्णय

एक्सप्रेस पाना
जेठ ६, २०८१ आइतबार
  • 217
    SHARES
  • गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने विपक्षी दलको निर्णय

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । 

    images

    आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेको हो ।

    गृहमन्त्रीले जवाफ दिइसकेपछि त्यसमा चित्त बुझे संसद कार्यसूचीमा अगाडि बढ्ने बताइएको छ । 

    images

    सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको थियो ।