सोमबार, कार्तिक १७ गते २०८३
images
images

टीओआरमा सहमति नहुदाँ प्रतिनिधिसभाको बैठक अनिश्चित

एक्सप्रेस पाना
जेठ ६, २०८१ आइतबार
  • 263
    SHARES
  • टीओआरमा सहमति नहुदाँ प्रतिनिधिसभाको बैठक अनिश्चित

    काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा सहमति हुन नसकेपछि आइतबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अनिश्चित बनेको छ । 

    images

    नेपाली कांग्रेससहितका विपक्षी दलले संसदीय छानबिन समितिको टीओआरमा सहमति नजुटेसम्म बैठक नचलाउन आग्रह गरेका छन् । विपक्षीको आग्रहपछि प्रतिनिधिसभा बैठक अनिश्चित बनेको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । 

    संसदीय समितिको टीओआरमा सहमति खोज्न कानून मन्त्रालयमा कार्यदलको बैठक बसिरहेको छ । कानूनमन्त्री पदम गिरीको कार्यकक्षमा जारी बैठकमा कांग्रेसका सहमहामन्त्री जीवन परियार, एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र रास्वपाका शिशिर खनाल छन् । बैठकमा सहभागी हुन कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पनि सिंहदरबार पुगेका छन् । 

    images

    संसदीय छानबिन समितिको टीओआरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राख्ने–नराख्ने विषयमा सहमति जुट्न सकेको छैन ।