सोमबार, कार्तिक १७ गते २०८३
images
images

कार्यदलमा अझै जुटेन सहमति संसदमा गृहमन्त्रीले बोलिसकेपछी फेरी छलफल थालिने

एक्सप्रेस पाना
जेठ ६, २०८१ आइतबार
  • 291
    SHARES
  • कार्यदलमा अझै जुटेन सहमति संसदमा गृहमन्त्रीले बोलिसकेपछी फेरी छलफल थालिने

    काठमाडौं । कानुनमन्त्री पदम गिरीको नेतृत्वमा रहेको कार्यदलमा सत्तापक्ष र विपक्षका प्रतिनिधिबीच कुरा नमिलेपछि फेरि बस्नेगरी बैठक टुंगिएको छ ।

    images

     आइतबार कानुन मन्त्रालयमा बसेको बैठकमा कांग्रेसले छानबिन समिति बनाउँदा त्यसको टीओआरमा गृहमन्त्री रवि लामिछानेलाई पनि छानबिनको दायरामा ल्याउनैपर्ने अडान कायमै राखेको छ ।

    तर सत्तापक्षले अहिले नाम उल्लेख गरिएका सहकारीको नाम राखेर जान सकिने तर व्यक्ति केन्द्रित बनाउन नहुने अडान राखेपछि बैठक रोकिएको हो ।

    images

    अहिले प्रतिनिधिसभामा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्ने तयारी भएकाले त्यसपछि पनि फेरि छलफल थालिने कार्यदलका सदस्य जीवन परियारले बताए ।